विजयपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका सुर्बहादुर भट्टराई (मनोज)ले आजैदेखि अर्को निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।
सुनसरी क्षेत्र नं. १ को मत परिणाम सार्वजनिकसँगै पत्रकार सम्मेलन गरेर उनले भने, ‘म आजैदेखि अर्को निर्वाचनको तयारीमा लाग्छु ।’ उनले अन्य नेता कार्यकर्तालाई आगामी स्थानीय तथा प्रदेशको निर्वाचनको तयारीमा लाग्न अनुरोध गरे । उनले लोकतान्त्रिक प्रणालीमा विजय पराजय स्वभाविक भएको बताउँदै भने, ‘विजय हुँदैमा उत्साहित र पराजित हुँदैमा निरुत्साहित हुनुहुँदैन ।’ उनले आफू पराजय भए तापनि सुनसरी क्षेत्र नं. १ का नागरिकसँग जोडिएर काम गर्ने बताए । उनले भने, ‘म जनतासँगै हुन्छु ।’






























