विजयपुर । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई विजयी भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्। राईले तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका छन्।
यसैगरी नेकपा एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका सूर्य बहादुर भट्टराईले ६ हजार १८५ मत पाएका छन्।
नेपाली काँग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९७० मत प्राप्त गरेका छन्।





























