विजयपुर । प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं. १ बाट हर्कराज राई जित नजिक पुगेका छन् ।
८२ हजार ९८२ मत गणना गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार राईले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । राईले तामाङलाई करिब ८ हजार ४९२ मतान्तरले पछाडि पारेका छन् ।
त्यसैगरी तेस्रो स्थानमा रहेका एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरेका छन् भने नेकपाका सूर्य बहादुर भट्टराईले ६ हजार १८५ मत पाएका छन् । नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।




























