विजयपुर । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ । हालसम्म गणना भएको मतअनुसार रास्वपाले १६ लाख ४० हजार २९८ मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म कुल सदर मत ३२ लाख ८७ हजार ४४२ पुगेको छ । नेपाली काँग्रेसले ५ लाख ५३ हजार ८४७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा एमाले रहेको छ । एमालेले ४ लाख ६२ हजार ९२७ मत पाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले २ लाख २४ हजार २६८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख १९ हजार ६९८ मत पाएको छ । श्रम संस्कृति पार्टीले ६८ हजार ८३० मत प्राप्त गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीले ४० हजार २४५ मत, जनता समाजवादी पार्टी, नेपालले ३३ हजार २६२ मत पाएको छ ।




























