विजयपुर । भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुबराज राईले अग्रता कायमै राखेका छन् । ९ मध्ये ८ वटा पालिकाको मतगणना गर्दा ध्रुबले १ हजार ९२२ को अग्रता कायम राखेका हुन् । उनले १४ हजार २४१ मत प्राप्त गरेका छन् । एमालेका शेरधन राईले १२ हजार ३१९ मत प्राप्त गरेका छन् ।
कांग्रेसका बालकृष्ण थापाले ८ हजार २०९ मत, रास्वपाका रमेश ओझाले ५९३७ मत ल्याएका छन् । नेकपाका अजम्बर काङमाङको ५३७२ मत आएको छ । अब एक मात्र पालिका हतुवागढी गणना गर्न बाँकी छ ।




























