विजयपुर । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् ।

राईले ३४ हजार ६२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २३ हजार ४२५ मत प्राप्त गरिन् । राईले तामाङलाई १० हजार ६३७ मतले अग्रता कायम राखेका हुन् । नेकपाका सूर्य बहादुर भट्टराईले ५ हजार ८४१ मत प्राप्त गरे । एमालेका टिकाराम लिम्बुले ५ हजार ५४९ मत प्राप्त गरे । नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ५७२ मत प्राप्त गरे ।