विजयपुर । मोरङ क्षेत्र नं. –६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुबिना आचार्य निर्वाचित भएसँगै संघीय संसद प्रवेश गरेकी छिन् । उनले नेपाली कांग्रेसका डा. शेखर कोइरालालाई फराकिलो मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन् ।

रास्वपाकी आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्र प्राप्त गरेका छन् । आचार्यले ४२ हजार ६६३ मतको फराकिलो अन्तरले कोइरालालाई पराजित गरेकी हुन् । यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार मात्रिका पौडेलले ३ हजार ४०० मत पाएका छन् ।