विजयपुर । धनकुटाको प्रारम्भिक मत परिणाममा नेकपा एमालेका राजकुमार राईले चार मतले अग्रता लिएको छ ।
श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मत आउँदा एमालेले ५१४ मत प्राप्त गरेको हो । धनकुटाको सागुरीगढि १ र २ नम्बर वडाको मत गणना गरिएको छ । नेपाली कांग्रेसका दिनेश राईले १८८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बीभत्स थापाले २३ मत प्राप्त गरेको छ ।
































