विजयपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि हुने निर्वाचनमा स्वास्थ्य सेवा समन्वय गर्नका लागि सङ्घ र प्रदेशमा समन्वयकर्ता तोकेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्न छ जना सङ्घमा र सातवटै प्रदेशमा सात जना समन्वयकर्ता तोकिएको बताए । उनका अनुसार निर्वाचनमा समन्वयका लागि स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र तोकिएको हो । "समन्वयकर्ताले निर्वाचनको दिन सम्भावित घटनाका घाइतेलाई अस्पतालसम्म पुर्याउने र उपचारसम्मको व्यवस्थाका लागि समन्वय गर्ने छन्", डा बुढाथोकीले भने । रासस































