विजयपर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लागू गरिएको मौन अवधिका कारण धरानमा होलीको रौनक खासै देखिएन ।

अघिल्ला वर्षहरूमा चोकचोकमा सांगीतिक कन्सर्ट, डिजे कार्यक्रम र सामूहिक रंग खेल्ने कार्यक्रमहरू हुन्थ्यो । तर निर्वाचन आचारसंहिता र मौन अवधिको व्यवस्थालाई मध्यनजर गर्दै यस वर्ष सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएका हुन् ।

विगतमा होलीका दिन बिहानदेखि साँझसम्म विभिन्न सांगीतिक र रंगको उत्सवले बजार क्षेत्र भरिभराउ हुन्थ्यो । तर यसपटक भने सर्वसाधारणले घरपरिवार तथा साथीभाइबीच सीमित रूपमा मात्रै होली मनाए ।

निर्वाचनको मौन अवधिका कारण प्रशासनले कार्यक्रम नगर्न आग्रह गरेको थियो ।