धरान । जेन जी आन्दोलनपश्चात् चुनावी सरकारमा गएका मन्त्रीहरू पद त्यागेर उम्मेदवार बनी चुनावमै होमिएका छन् । 

चुनावमा नहोमिने प्रतिबद्धता गरेका शिक्षामन्त्री महावीर पुनले समेत एकाएक राजीनामा बुझाई आफ्नै गृहजिल्ला म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले आकस्मिक रूपमा निर्णय गर्दै शिक्षामन्त्रीबाट राजीनामा दिएर उम्मेदवारी दिन पुगेका हुन् । उनले आकस्मिक निर्णय गरी चुनावमा होमिएको बताएका छन् । 

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएर जगदीश खरेल पनि चुनावमा होमिएका छन् । उनले पनि उम्मेदवार नबन्ने भन्दै सस्तो प्रचार गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको क्याम्पमा प्रवेश गरी उनले ललितपुर २ बाट उम्मेदवारी दिएका हुन् ।

चुनाव गराउने दायित्व पाएको सरकारबाट नै राजीनामा दिई धमाधम उम्मेदवार बनेपछि उनको केही आलोचना पनि भएको छ । यस्तै खेलकुद मन्त्री बनेका बब्लु गुप्ताले पनि रास्वपाबाटै सिरहा १ बाट उम्मेदवारी दिएका छन् । 

यसअघि नै राजीनामा दिएका ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो पार्टी नेपाल नै दर्ता गरेर काठमाडौँ ३ बाट उम्मेदवारी दिएका छन् ।