धरान । एसोसिएन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) मा सुजितकुमार सिंह सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । अर्का प्रत्यासी नितेश साहले आफ्‌नो उम्मेदवारी फिर्ता लिए पछि उनी सर्वसम्मत चयन भएका हुन् । 

गत साता सम्पन्न वार्षिक साधारण सभाले नेतृत्व चयन गर्न नसके पछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । अनलाइनमार्फत निर्वाचन गरिने तयारी गरिरहेकै बेला साहले आफ्‌नो उम्मेदवारी फिर्ता लिएपश्चात् सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । 

समितिको उपाध्यक्षमा विकासकुमार झा, महासचिवमा अञ्जु साह, संयोजकमा एमडी सैफुल्लाह, कोषाध्यक्षमा रञ्जितकुमार दास, र सहकोषाध्यक्षमा विनयकुमार यादव चयन भएका छन् । यस्तै जनसम्पर्क अधिकृत मनिषकुमार साह चयन भएका छन् ।

यस्तै सदस्यहरूमा राजेश यादव, रितेशकुमार महतो, सुजितकुमार साह, विशालकुमार पण्डित, सुरजकुमार साह, नितिश गुप्ता, अजित कुशवाहा, विक्की कुशवाहा, प्रमिश महतो र नरेशकुमार साह रहेका छन् ।

निवर्तमान अध्यक्ष रञ्जित साहले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरे । नयाँ निर्वाचित अध्यक्ष सिंहले दुई वर्षे कार्यकालमा उपयोग गर्ने बताए ।