विराटनगर । छठ पर्वको तेस्रो दिन विराटनगरका विभिन्न जलाशय तथा नदी किनारमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

छठ पर्वको मुख्य विधिअन्तर्गत आइतबार साँझ व्रतालुहरूले नदी, नहर तथा पोखरीका घाटमा पुगेर अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य अर्पण गरेका हुन्।

विराटनगरका सिङ्घिया खोला, केसलिया खोला तथा विभिन्न नहरहरूमा आकर्षक रूपमा सजाइएका घाटमा श्रद्धालु भक्तजनको भीड लागेको थियो। कतिपयले घरघरमै अस्थायी घाट निर्माण गरी सूर्यदेवलाई अर्घ्य दिएका छन्।

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि छठ पर्वको व्रत समापन हुन्छ।

received_30416519101271881

received_30416519101271881

received_2215397979412532 1

received_2376693389811285