धरान । धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले राजीनामा बुझाएका छन् । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघामाझ राजीनामा बुझाएका हुन् । 

संवैधानिक व्यवस्थाअनुसार नै उपप्रमुखलाई राजीनामा बुझाउनुपर्ने प्रावधान रहेको छ । केही समयअघि मात्रै उनले श्रम संस्कृति पार्टी दर्ता गरी चुनावमा होमिएका थिए । उनले आफूले प्रधानमन्त्री बनी छाड्ने लक्ष्य अनुरूप सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा पनि गरिसकेका छन् । 

अब कार्यबाहकको जिम्मेवारी उपप्रमुख बेघाले पाएका छन् । उनी २०७९ जेठ १० गते उपमहानगरपालिकामा जिम्मेवारी बहन गरेका थिए । उनले यो अवधिमा खानेपानी खुवाउनेलगायतका प्रतिबद्धता गरेका थिए । उक्त प्रतिबद्धता कति पूरा भयो भएन भन्ने विषय चाहिँ अन्यौल रहेको मतदाताहरुले बताउँदै आएका छन् ।