धरान । सिद्धि नेवा: परिषद् धरानले आइतबार सुनसरीको धरानमा गाईजात्रा निकालेको छ ।
एक वर्षभरि दिवङ्गत भएका परिवारले शोकमा गाईजात्रा निकालेको हो । परिषद्का महासचिव मोहन श्रेष्ठका अनुसार यो वर्ष २३ परिवारले गाईजात्रा निकालेका हुन् ।
गाईजात्राको चलन मल्ल कालका राजा प्रताप मल्लको समयदेखि सुरु भएको मानिन्छ । छोरो मरेको शोकमा परेपछि रानीलाई सान्तवना दिनका लागि राजाले यो चलन बसाएको मान्यता छ ।
परिषद्को धरान ७ स्थित कार्यालयबाट सुरु भएको गाईजात्रा भाानुचोक हुँदै छाताचोक, टेलिफोन अफिस, पुरानो बजार हुँदै आआफ्नो घरमा गई टुङ्गिएको थियो । गाईजात्रालाई नेवारी भााषामा सपारू भनिन्छ ।