भद्रपुर । झापाको काँकडभिट्टाबाट पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ बसपार्कबाट भारतीय नागरिक जयप्रकाश कुमार पाठकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शुक्रबार राति इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा भारतको सिलिगुडी बस्ने ३५ वर्षीय पाठकलाई भारतीय गाडीसहित नियन्त्रणमा लिएर खानतलासी गर्दा ड्राइभर बस्ने सिटमुनी चालु अवस्थामा रहेको पाँच राउण्ड गोलीसहित एयर पेस्तोल बरामद गरेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
पक्राउ परेका पाठकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान सुरु गरेको छ ।