धरान । फेसबुक पेज धरान वजले शनिबार धरानमा खुला माइक कविता वाचन कार्यक्रम आयोजना गरेको छ । 

धरान–९ बगैँचाचोकस्थित चिया हबमा २० जना युवाहरूले कविता वाचन गरे । युथहरूमा भएको क्षमता प्रदर्शनसँगै आइडिया आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको धरान वजका एडमिन किसन तामाङले बताए । कार्यक्रममा धरानका राजनीतिकर्मी प्रकाश राई पनि उपस्थित थिए ।

उनकै छोरा निनामहाङ राईको संयोजकत्वमा कार्यक्रम भएकाले युवाहरूलाई बुझ्न कार्यक्रममा उपस्थित भएको जनाए । कविता वाचनपश्चात् भूमिगत कलाकारहरूले स्ट्यान्डअप कमेडी र ओरिजिनल सेसन चलाएका थिए । यसैबीच खुला आकाश संस्थाले चलाएको तीन दिने हिपहप वर्कसपका सहभागीलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।