गाजा।गाजा मा बुधबार भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन्। पछिल्लो समयमा इजरायलले गाजामा आक्रमण बढाएको छ। “बिहानदेखि गाजा पट्टीमा इजरायली हवाई आक्रमणबाट १६ जनाको मृत्यु भएको छ”, नागरिक रक्षा प्रवक्ता महमुद बासलले भने।
बासलका अनुसार तीमध्ये नौ जना फोटो पत्रकार ओसामा अल–अर्बिडको परिवारका थिए र गाजाको उत्तरमा बिहान २ बजे उनीहरूको घरमा भएको आक्रमणमा मारिएका थिए।मध्य गाजामा भएको आक्रमणमा एउटै परिवारका अन्य छ जना सदस्यको मृत्यु भएको थियो। आक्रमणमा ‘बालबालिकासहित’ १५ जना घाइते भएका थिए।
दक्षिणी गाजा सहर खान युनिस नजिकै एक नागरिक मारिएका छन्।एएफपीले सम्पर्क गर्दा इजरायली सेनाले सटीक समन्वय बिना त्यसो गर्न नसक्ने भन्दै आक्रमणमा टिप्पणी गर्न अस्वीकार गरेको छ। सन् २०२३ को अक्टोबरमा इजरायलमाथि हमासको आक्रमणले युद्ध सुरु गरेको १८ महिनाभन्दा बढी समयपछि इजरायलले ‘हमासलाई हराउने’ लक्ष्य लिएर यस महिना गाजामा आफ्नो आक्रमण बढाएको छ।