धरान  / भोजपुर सुनसरी सेवा समाजको चौथो अधिवेशनले पुन रेवतीरमण राईको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। 

धरानमा शनिवार भएको अधिवेशनले राईको नेतृत्वमा सर्ब सम्मत समिति चयन गरेको हो ।  उपाध्यक्षमा प्रतापसिंह राई, भीमा देबि राई, सचिव भुवनसिंह बस्नेत, सह–स चिव गोपीनाथ योगी, कोषाध्यक्ष पोष्टराज राई र सहकोषाध्यक्षमा राजेन्द्र कट्टेल चयन भएका छन्।

यस्तै  सदस्यहरुमा बद्री दाहाल, कुमार कार्की, देव प्रधान, लक्ष्मी प्रधान, समति राई, रुफिना राई, सुमित्रा राई(सन्जु), बलिन्द्रबहादुर बि.क., लोककुमारी श्रेष्ठ, आनन्द अधिकारी, कुबिर राई, शिवराज श्रेष्ठ, राजकुमार कार्की, सुरज राई सर्बसम्मत चयन भएका छन्। उनीहरु प्रायः पुरानै समितिका हुन । 

खम्बासिंह गुरुङको अध्यक्षतामा बनेको निर्वाचन मण्डलले उनीहरुलाई चयन गरेको हो ।  उद्घाटन कायृक्रममा भोजपुर सुनसरी सेवा समाजलाई योगदान गर्ने पूर्व अध्यक्ष निर्मला राई र साहित्यकार श्रवणकुमार राईलाई सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशको संस्थापक  सभामुख  प्रदीपकुमार भण्डारीले उनीहरुलाई सम्मान गरेका थिए । 

कार्यक्रममा पूर्व संघीय सांसद जयकुमार राई, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख, डा. रबिन मास्के, डा. अविनास राई, समाजसेवी प्रकास राईलगायतको उपस्थिति रहेको थियो ।