धरान । सुनसरीको धरान–१७ विष्णुपादुका जाने सर्दू पुलस्थित भित्री सडक–खण्डबाट प्रहरीले गाँजासहित कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषधको ओसार–पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बा.९ च १७६८ नम्बरको क्रिम कलरको कार फेला पारेको थियो ।
 उक्त कार 
चेकजाँच गर्दा एक सय एक केजी गाँजा फेला परेको इलाका प्रहरी कार्यालय 
धरानका डिएसपी प्रकाश जवेगूले जानकारी दिए । चालक भने फरार रहेकाले खोजी 
भइरहेको प्रहरीले जनाएको छ । सोमबार बिहान मात्रै सेउती पुलबाट प्रहरीले 
चार सय १० केजी गाँजासहित सवारी नियन्त्रणमा लिएको थियो । 
 
                     
         
                                        
                                                                                                 
        































