विश्वको ‘पावर हाउस’ अमेरिका र ‘पावर हाउस’ बन्ने क्रममा रहेको चीनबीच सूचना प्रविधिमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । यो प्रतिस्पर्धामा अहिले एआई अगाडि आएको छ । यसअघि चाइनिज कम्पनीले निर्माण गरेको टिकटक जस्ता ‘भिडियो सञ्जाल’ लाई त अमेरिकाले प्रतिबन्ध नै लगाइसकेको अवस्था छ । अहिले आएर चीन एआईमा नयाँ मार्ग कोर्ने चरणमा छ । च्याटजिपिटी जस्ता बौद्धिक सुझबुझलाई ‘च्यालेन्ज’ दिन चाइनाको ‘डिपसिक’ नामक बौद्धिक सुझबुझ आएको छ । पछिल्ला केही दिनमा विश्वका मिडियामा डीपसीकको चर्चा व्यापकै छ । बीबीसी, फाइनान्सिल टाइम्स, अलजजिरा जस्ता मिडियाहरुमा यसको व्यापक चर्चा छ । चीनले पावर हाउस अमेरिकालाई र त्यहाँका सूचना प्रविधिका लगानीकर्तालाई ‘नराम्रो झट्का’ दिएको छ । २१ औं शदीमा चीनले सूचना र प्रविधिमा नयाँ नयाँ प्रयोग गर्दै आएको छ । यसमा सफल पनि हुँदै आएको छ । फाइभजीदेखि हुवावेसम्मका उत्पादनहरुले विश्वबजारलाई खिचेको छ । च्याटजिपिटीजस्ता बौद्धिक सुझबुझलाई ‘टक्कर’ दिने खालको जुन प्रविधि भित्रिएको छ । यसले पक्कै पनि संसारमा नयाँ कालखण्डको सुरूवात गर्ने निश्चित छ ।

यी दुवैले एउटै काम गर्ने भए पनि केही निश्चित भिन्नताहरु छन् । अर्थतन्त्रको हिसाबबाट पनि ओपनएआईभन्दा कयौँ गुणा सस्तो छ डिपसिक । अर्कोतर्फ यसले ल्याएको लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम)को क्षमता पनि हाल बजारले नेतृत्व गरिरहेको साम अल्टम्यानको ओपनएआई बराबर छ । त्यति मात्रै हैन, डिपसिकले आर १ ले आफ्नो आन्तरिक संयन्त्र, कोड र बनोटमा सबैलाई पहुँच दिएको अवस्था छ । जबकि ओपनएआईले पनि त्यो सुविधा दिएको छैन । अर्थात् उसले प्राविधिक विवरणहरु बौद्धिक सम्पत्तिको रुपमा गुप्त राखेको अवस्था छ । यसले गर्दा डिपसिक डेभलपरहरुका लागि आकर्षण हुने देखिएको छ । तीव्र गतिमा निर्माण भइरहेको एआईहरुमा डीपसीक सिकाइ हुन सक्ने देखिन्छ । अहिले एआईको क्षेत्रमा अर्बौं खर्च गरिरहेकाहरुलाई चुनौती दिने अवस्था सिर्जना भएको छ । कतिपय विश्लेषकहरुले डीपसीकले अन्य एनभिडिया चिप निर्माता कम्पनीहरुलाई चुनौती दिने देखिएको जनाएको छ स्थिति छ । डिपसिकले एनभिडिया चिपको प्रयोगविनै सफलता हासिल गरेको प्रमाणित भएमा एनभिडिया चिप निर्माता कम्पनीहरुलाई झनै गम्भीर क्षति पुग्ने देखिएको भनी औँल्याएका छन् । अहिले एआईमा जुन किसिमको अमेरिकी वर्चश्व छ, त्यो तोडिने स्थिति छ । किनकि अहिले पनि अल्फाबेट, एमजन, माइक्रोसफ्ट, एनभिडिया जस्ता कम्पनीहरुभन्दा माथि जाने अवस्था छ । यी कम्पनीहरुको वर्चश्व तोडिने अवस्था छ ।

सूचना प्रविधिको लडाइँ सामान्य लडाइँ होइन । यो शीतयुद्धभन्दा पनि खतरनाक हिसाबले अगाडि बढेको छ । संसारमा अहिले एआईले कायापलट गर्दै आएको अवस्था छ । यो लडाइँमा अमेरिकी वर्चश्व तोडिने खतरा पनि छ । यदि डिपसिकले वर्चश्व कायम गरेमा एक पटक अमेरिकी र चीनबीचमा आर्थिक युद्धमा सूचना प्रविधिको युद्ध छेडिने खतरा छ । सूचना प्रविधिमा चीनले नजानिँदो किसिमले जुन प्रगति गरिरहेको छ । त्यसले संसारलाई चकित बनाइरहेको छ । डिपसिक एउटा उदाहरण मात्रै हो । यसअघि पनि कयौँ उदाहरणहरु बनिसकेको अवस्था छ । सूचना प्रविधिमा जुन रफ्तारमा विकास भइरहेको छ । त्यसले विश्वका नागरिकहरुलाई सहज बनाउने स्थिति छ । जति सस्तो र किफायती किसिमको एआईहरु आए, आम नागरिकका लागि त्यो एकदमै राम्रो कुरा हो । तीव्र प्रतिस्पर्धाले नै आम नागरिकको पहुँचलाई सहज बनाइदिनेछ भन्ने विश्वास गर्न सकिन्छ । महाशक्ति बन्ने दौडमा हिँडिरहेको चीन र महाशक्तिको रुपमा रहेको अमेरिकाबीचको लडाइँ यतिकै सकिनेवाला छैन । सूचना प्रविधिको स्वस्थ्य लडाइँ आवश्यक बन्दै गएको छ । डीपसीकले संसारका ग्राहकहरुलाई तान्ने अवस्था छ । अब ओपनएआईहरु पनि केही न केही परिवर्तन हुनुपर्ने बाध्यता बन्दै गएको छ ।