धरान / नेकपा (एमाले) बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन् ।

बेलका नगरपालिका कमिटीको आयोजना सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत चयन भए । त्यस्तै उपाध्यक्षमा नरहरी फुयल, सचिवमा टङ्क अधिकारी, उपसचिवद्वयमा सरिता राई, र मेषण राईलगायत ७५ सदस्यीय कमिटी बनेको हो।

हालै निर्वाचित भएका अध्यक्ष राई लामो समय पत्रकारिता तथा सामुदायिक वन उपभोक्ता महासंघलगायतमा आबद्ध थिए । उनले बेलकामा एमालेलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन्।