हङकङ पुलिस फाेर्समा भर्ना भएका दुई नेपाली दिदी बहिनी सम्मानित भएका छन् । 

हङकङ पुलिसमा नेपाली समुदायबाट पहिलो भर्ना हुने मिरा (कमला) पुन र दोस्रो भर्ना हुने सुजा (एलिना) पुन लाई शनिबार पुन मगर समाज हङकङकाे आयाेजना तथा मोना हङकङ, सिक्तानी समाज हङकङ र पाउदुर समाज हङकङकाे सह-आयाेजनामा संयुक्त रुपमा सम्मान गरिएकाे हाे । उनीहरुकाे पुर्ख्याैली म्याग्दी भई हाल उनीहरका परिवार चितवनमा बस्छन् ।

received_909229244221253

हङकङकाे जाेर्डन स्थिति यक एन्ड यति रेष्टुरेन्टमा आयाेजीत कार्यक्रममा उनीहरुलाई बुवा काशी पुन र आमा दिपा पुनकााे उपस्थितिमा सम्मान गरिएकाे हाे । 

पुन मगर समाजकी अध्यक्ष गाैदेवी पुर्जाकाे अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा कर्णबहादुर पुनले स्वागत मन्तव्य व्यक्त गरे। साे अवसरमा सिक्तानी समाजका मानसिंह पुर्जा,पाउदुर समाज महेश गर्वुजा, पुन मगर समाजका भुपु सल्लाहकार कविर अर्मजा पुन, माेनाका संरक्षक तथा नेपाल सरकारले नियुक्त गरेकाे हङकङका लागि पर्यटन प्रवर्तक प्रकाश पुन लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

received_447752367891046

त्यस्तै कार्यक्रममा पुन मगर समाजका भुपु अध्यक्ष राजबहादुर गर्वुजा, निवर्तमान अध्यक्ष जसबहादुर चाेचाङ्गी, माेना हङकङ महिला विभाग अध्यक्ष रुपा राम्जाली, पर्वत पुन मगर समाजका अध्यक्ष सम्रक गर्वुजा, उपाध्यक्ष माेहन फागामी लगायतले पनि दुई दिदीबहिनीलाई शुभकामना व्यक्त गरेकाे कार्यक्रम सञ्चालक तथा समाजका सचिव चुकप्रसाद पुनले जानकारी दिए ।