तमु समुदायको ऐतिहासिक तथा महान सांस्कृतिक चाड बैशाख पुणर्िमाको अवसरमा तमु टहो ह्युल हङकङले संस्थाको २६ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।

आईतबार हङकङ स्थित ब्लु ओसिन रेष्टुरेष्ट एण्ड बारमा आयोजीत कार्यक्रममा नेपालबाट आएकी लोक गायिका प्रिया गुरुङ र हङकङमै कार्यरत गायक मनोज गुरुङले आफ्ना गीतहरु प्रस्तुत गरेर कार्यक्रममा उपस्थित दर्शक तथा स्रोतालाई मनोरञ्जन प्रदान गरे । कार्यक्रममा लोपोन्मुख बाह्रमासे घाटु नृत्य, प्रहसन, सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । स्थानीय कलाकारहरुले पनि विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

kkh (2)

आयोजक तमु टहो ह्युल हङकङका अध्यक्ष विजयकुमार गुरुङको अध्यक्षता र नेपाली महावाणिज्यदुतावासका सहायक वाणिज्यदूत सतिस गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम तमु टहो ह्युल हङकङका संस्थापक अध्यक्ष क्याप्टेन सिबी गुरुङले केक काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, पूर्वअध्यक्षहरु अर्जुन गुरुङ र सुरेश गुरुङ, आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष टोपराज तामाङ, गैरआवासिय नेपाली संघ हङकङका अध्यक्ष गोकणर् ढकाल, च्याम्बर्स अफ कमर्श हङकङका अध्यक्ष लवकुमार गुरुङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

hk (2)