नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशको प्रथम अधिवेशन अगाडि बढ्न सकेन। 

पार्टी भित्रका प्रतिनिधिहरुको व्यस्तताले बन्द सत्र को छलफल बाट कुनै निचोड निष्कर्ष र समन्वय गर्ने  नसक्दा अधिवेशन स्थगित भएको छ।

निर्वाचन समितिका संयोजक उत्तमसिंह थाङदेनले बताएका  छन् । गत मंगलबार धरान वडा नम्बर १० रहेको सैनिक भवनको सभाहलमा बसेको बैठकबाट सहमतिको निर्णय  हुननसक्दा अधिवेशन रोकीएको हो।

किरात याक्थुम चुम्लुङका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका थाङदेनले कोशी प्रदेश  महासंघको पदाधिकारी चयन कार्यसमितिको निर्णय अनुसार गर्ने कोशिश गर्दागर्दै पनि अधिवेशनको चुनाव गर्ने नसकेको बताए। प्रतिनिधिहरुले समेत अधिवेशनलाई गम्भीर रुपले नलिएका टाढाबाट आएका पार्टीका सदस्यहरु फर्केकाले पुन छलफल हुन नसक्दा चाहेर पनि प्रदेश समितिले चुनाव गर्ने नसकेको बताए ।

विधिगत रुपमा चुनाव हुनको लागि ५१ प्रतिशत प्रतिनिधिहरु आवश्यक पर्छ। तर उपस्थिती संख्या नपुगेपछि  निर्वाचन समितिले स्थगित गरेको हो।

 पार्टीका केन्द्रीय सदस्य रामजी कङ्ग्रेन्ङ्गले उद्घाटन सत्रमा करिब ६ सय जति प्रतिनिधि परिवेक्षक रहेकोमा बन्द सत्रमा अधिकांस अनुपस्थित रहेकाले सबैको छलफल एक जाति, एक धर्म र एक भुगोल गरि समावेशीरुपले सबैलाई समेटेर नेपाली एकजुट कसरी  गर्ने सकिन्छ भनेर सबैजातिको पहिचान रहने गरि पार्टीको धारणा रहेकाले  अधिवेशनमा आवश्यक पर्ने प्रतिनिधिहरुको उपस्थितकम भएकाले प्रदेशले अधिवेशन गर्ने चाहेर पनि नसकेको बताए। 

IMG20240529190815

उनले चुनाव उमेदवार २६ जनाले दावी गरेको बताएका छन्। अध्यक्षपद  १ सिटमा ३ जनाको दाविरहेको छ। उपअध्यक्षमा २ सिटमा ७ जनाको दावि, उपसचिव ३ सिटमा ६ जनाको दावि रहेको छ भने सचिव  २ सिटमा ७ जनाले दावि गरेको र सदस्य १ सिटमा ३ जनाले दावि गरेको  र अन्यपदको लागि पार्टीले नै निर्णय गर्ने बताएका छन।    

संघकी क्षेत्रीय सदस्य शिखा चेम्जोङले पार्टीले सबै  जाति,वर्ग महिला र क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरि नितिबनाए सबैलाई समेटर अगाडि बढने प्रयास गर्दागर्दै पनि कोशी प्रदेशको अधिवेशन गर्ने नसक्दा अब केन्द्रले गरेको निर्णयमा सहमति रहने बताईन्।

पार्टीले सबै वर्ग,जाती,धर्मलाई जोड्ने गरि समान हिसाबले चुनावी  प्रक्रियाको योजना बनाएर केन्द्र  र प्रदेशमा एउटै नियम अबधारण गर्ने गरि एक पद एक जाति रहनेगरि निति बनाएको छ। एक पदमा उमेदवार दिएको जातिले अर्को पदमा पुन दावि गर्ने नमिल्ने छ। अहिले संगठनमा ५९ जातिको बहुलिएता रहेको केन्द्रीय सदस्य काङ्ग्रेन्ङ्गले बताए। 

कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने छलफल  गर्दा कुरा नमिलेपछि निर्वाचन समितिले केन्द्रिय महासंघलाई नै जिम्मा दिएको बताए।

निर्वाचन समितिका संयोजक  थाङ्देनले अधिकार भन्दा स्थिति बाहिर गएकोले स्थगित भएको चुनावी अधिवेशनलाई केन्द्ररिय माहासंघलाई  जिम्मेवार दिने केन्द्रले प्रक्रियालाई सञ्चालनको लागि केन्द्र्रिय महासंघलाई जिम्मा दिएको बताए।

केन्द्रिय महासंघले प्रबन्ध मिलाएर निकास गर्ने छ। ५१ जना समिति छलफलमा बसेर समय तोकेर आवश्यक प्रतिनिधिहरु बोलाएर  यहि २२ र २३ चुनाव हुने गरि निर्णय गर्ने  त्यहि अनुसार  अघि बढ्ने उनले बताए।