धरान/नेपाल  कम्युनिष्ट पार्टी नेकपा (एमाले) सुनसरीको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा निलम खनाल विजयी भएका छन्।

जेठ ९गते इटहरीमा  भएको निर्वाचनको मत परिणामबाट खनाल सहित उनको  प्यान लै  विजयी भएको छ। खनालले ३ सय ८७ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी खेमराज पोख्रेललाई १ सय मतले पछिपार्दै विजयी भएका हुन। पोखरेलले भने २ सय ८७ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्षमा परशुराम यादवले ३ सय ३२ मत ल्याएर विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नन्द बस्नेतलाई ३ मतको अन्तरले पराजित गरेका छन्।

यादवले ३ सय ३२ ल्याउँदा बस्नेतले भने ३ सय २९ मत ल्याउन सफल भएका छन्।

सचिव पदमा राम कोइराला विजयी भएका छन्। कोईरालाले निकटतम प्रतिस्पर्धी पदम लिम्बूलाई १ सय १७ मतले उछिनेर  निर्वाचित भएका छन्।

कोइरालाले ३ सय ८७ मत प्राप्त गर्दा लिम्बुले भने २ सय ७० मत प्राप्त गरेका थिए।

 उपसचिव पदको प्रतिस्पर्धामा देवानन्द मेहतालाई १ सय ८८ मतले उछिनेर यामकुमार सुब्बा विजय भएका छन्। सुब्बाले ३ सय ८५ मत प्राप्त गरेका थिए भने मेहताले १ सय ९७ मत मात्रै ल्यएका छन्।

 महिलातर्फ उपसचिव इन्द्रकला राई निर्वाचित भएकी छन्। उनले ४ सय ३८ मत प्राप्त गर्दा  उनकी प्रतिद्वन्द्वी कमला मगरले १ सय ९१ मत प्राप्त गरेकी थिन्। उनलाई २ सय ४७ मतले पछि पार्दै राई निर्वाचित भएकी हुन। 

सदस्यपदको परिणाम भने साझ सम्म आउने निर्वाचन आयोगले बताएको छ।