नेकपा  कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको आठौं  जिल्ला अधिवेशन  निर्वाचनमा हालसम्मको मत गणनामा  निलम खनालको अग्रता  देखिएको छ ।

३ सय मत गणना गर्दा खनालले एक सय ७७ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी खेमराज पोखरेलाई ६० मतले पछि पार्देै अग्रता लिएका छन् । 

त्यसैगरी उपाध्यक्ष पर्शुराम यादवले १ सय ५५ मत ल्याएर अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नन्द बस्नेतले १ सय ३७ मत ल्याएका छन्। उनलाई  १८ मतले पछि पार्देै उपाध्यक्ष पर्शुराम यादबले अग्रता लिएका छन् । 

सचिवमा राम कोईराला ८२ मतले पछि पार्दै  १सय ८६ मत ल्याएका छन्। उपसचिव महिलामा कमला मगरलाई १ सय १५ मतले पछि पार्देै  १सय ९६ मतले अग्रता लिएकी छन्। उपसचिवमा देबानन्द मेहता लाई ७९ मतले पछि पार्देै यामकुमार सुब्बाले १ सय ७० मतले अगाडि रहेका छन्।