राष्ट्रियसभाको बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सार्नुभएको सूचनामा उल्लेख छ।