कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिएका छन्। 

आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरेको छन्। उनको विपक्षमा भने शून्य मत परेको थियो। प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो। 

आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भने अनुपस्थित रहेका थिए। कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सदस्य उपस्थित रहेका थिए। 

कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बनेका हुन्। यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा ९एमाले०का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राख्नुभएको थियो।

 यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाएका छन्।