विजयपुर । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं. १(१) को बैठक सम्पन्न भएको छ ।

शनिबार समितिकी कार्यबाहक सभापति झुमादेवि राईको अध्यक्षतामा सम्पन्न बैठकले बाह्र वर्षे पिण्डेश्वर कुम्भमेलामा सहयोग गर्नेलाई धन्यवाद दिएको छ ।

सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङको नेतृत्वमा कुम्भ मेलामा हेल्थ डेस्क निःशुल्क स्वास्थ्य शिविर गरकेो थियो । नेवार एकता समाज धरानले १ महिना अवधिभर निःशुल्क चिसो पानी वितरण गरेको थियो । कार्यसमितिले धरान १५ वटा वडामा पार्टी क्रियाकलापमा समन्वय गर्ने सचिव युवराज शङ्कर र राजेन्द्र राइलाई जिम्मेवारी तोकिएको छ । धरानमा खानेपानीको समस्या गर्न खानेपानी व्यवस्थापन बोर्डलाई अपिल गर्ने पनि निर्णय गरेको छ ।

समितिका सचिव राजेन्द्र राइले खानेपानीको टयाङ्करबाट पानी प्रदान गरेका थिए । सचिव युवराज शङ्करले कुम्भ मेलाको निशुल्क  हेल्थ डेस्कमा १ सय थान सुगर नाप्ने स्टृप्स र नेवार एकता समाजले सञ्चालन गरेको निःशुल्क ५० जार प्रदान गरेको छ । समितिका सचिव राजेन्द्र राईले टयाङ्करमार्फत् पानी वितरण गरेका थिए ।