बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको समापन भएको छ । एक महिनासम्म लागेको मेलामा उल्लेखीय भक्तजनको उपस्थिति रह्यो । बराहक्षेत्र नगरपालिकाले कुम्भ मेला समापनपछि सरसफाइको कार्यक्रम आयोजना गरेको छ  । 

बराहक्षेत्र नगरपालिकाले आयोजना गरेको बृहद सरसफाइ अभियानमा नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवालसँगै नगरका कर्मचारी र रोजगार कर्मचारीहरुले कुम्भस्थलको सरसफाइ थालेका छन् । 

नगरका आइटी इन्जिनियर पुकार पोख्रेलका अनुसार कुम्भ परिसरलाई स्वच्छ र सफा बनाउने अभियान नगरपालिकाले सुरु गरेको हो । नगरपालिकाले सरसफाइ अभियानमा सहभागी हुन आह्वान गरेको इन्जिनियर पोख्रेलले बताए ।