विजयपुर । प्रथम चन्द्रहाङ अन्तर लुम्फुङ्वा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

मङ्गलबार धरानमा सम्पन्न प्रतियोगितामा ७–५ गोल अन्तरले श्रीजुङ टिम विजता बनेको छ । विजेता टिमले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता चुङजिक्वा गैरीगाउँ एफसी बनेको छ । गैरीगाउँ एफसीले १५ हजार रुपैयाँसहित ट्रफी मेडल प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी गणेश लुम्फुङ्वा घोषित भए । सर्वाधिक गोलकर्ता विक्रम लुम्फुङ्वा बने। एनले ११ गोल गरेका थिए । उत्कृष्ट गोलरक्षक उसुहाङ लुम्फुङ्वा बने । प्रतियोगितामा लुम्फुङ्वा थरका लिम्बुहरुको मात्रै सहभागिता रहेकोे थियो ।

प्रतियोगितामा धरान, इटहरी, बेलबारी र उर्लाबारीबाट जम्मा ८ टिमको सहभागिता रहेको थियो । कार्यक्रममा महिलाहरु तर्फको मैत्रीपुर्ण खेल भएको थियो । खेलमा ‘तरुनी बुटिक’  धरान र इमेत्ना युनिसेक्स स्यालोनबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा गोल गर्न नसकेपश्चात खेल ट्राइबेकरमा गएको थियो । ट्राइब्रेकरमा तरुनी बुटिकले इमेत्ना स्यालोन टिमलाइ पराजित गर्दै विजयी बनेको छ । विजयी टिमले ६ हजार रुपैयाँसहित ट्रफी मेडल प्राप्त गर्यो ।

उपविजेता इमेत्ना युनिसेक्स स्यालोनले ४ हजार रुपैयाँसहित ट्रफी मेडल प्राप्त गरेको खेलकुद समिति अध्यक्ष उत्तम लुम्फुङ्वाले जानकारी दिए । चन्द्रहाङ संसारभरका सम्पुर्ण लुम्फुङ्वाहरुको साझा पुर्खाका रुपमा लिइएको छ । उनै चन्द्रहाङ लगायत सम्पुर्ण दिवंगत आफ्ना पुर्वजहरुको सम्झनामा प्रतियोगिता आयोजना गरिएको खेल संयोजक विनोद लुम्फुङ्वाले बताए ।

लुम्फुङ्वा कल्याणकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर लुम्फुङ्वाले  खेल र कलाको माध्यमबाट नयाँ पुस्ताका युवाहरूलाइ एकताको सुत्रमा बाधेर हाम्रो लुम्फुङ्वा सामुदायलाइ थप मजबुत बनाउन सकिने बताए ।

प्रतियोगितामा पुरुष र महिला तर्फ विजेताका लागि ट्रफि, मेडल र प्रमाणपत्र तरुनि बुटिक धरानले प्रायोजन गरेको थियो भने उपविजेताका लागि पुरुष र महिला तर्फ ट्रफि, मेडल र प्रमाणपत्र इमेत्ना युनेसेक्स स्यालोन एन्ड मेकअप स्टुडियो धरानले प्रायोजन गरेको थियो ।

futsal1

futsal3

futsal2


futsal4