धरान/धरान बास्केटवल संघको  आयोजना र अल्फा विटा कोयला ऐजुकेशन कन्सलटेन्टको  प्रायोजनमा द्रोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता यहि बैशाख २९ गतेबाट हुने भएको छ। 

कन्सलटेन्ट स्वदेशि तथा वैदेशिक अध्यनका लागि परार्मश गर्नुका साथै बास्केटवल खेलको माध्यमबाट खेलाडीहरुमा मित्रता,सहिष्णुता र बास्केटबल खेल प्रति युवाहरुको अभिरुचि बढाउने उदेश्यले गत सालबाट अल्फा विटा जुकेशनकले  बास्केटवल संघको आयोजनामा  यो प्रतियोगिता हुदै आएको छ।

प्रतियोगितामा धरान, धनकुटा, मोरङ, भापा, उदयपुर र इलाम गरि पुरुष तर्फबाट १२ टिम र महिला तर्फका ८ टिमले सभागिता जनाउने छन्। प्रतियोगिताको सम्पुर्ण खेलहरु धरान –१६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न हुने  कार्यक्रमका संयोजक बिकास चम्लिङ राईले बताएका छन्। 

 प्रतियोगिताका विजेता पुरुष तर्फ  प्रथम पुरस्कार ५० हजार, उपविजेताले नगद २५ हजार र महिला टिमको प्रथम पुरस्का नगद २० हजार, उपविजेताले १० हजार ट्रफी, मेडल, प्रमाण पत्र प्रदान गरिने छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी तर्फ  १० हजार र महिला तर्फ ५ हजार र उदयमान खेलाडी  पुरुष तर्फ  ५ हजार, महिला तर्फ २ हजार ५ सय र प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन विजेता महिला पुरुष खेलाडीले जनहि ५ हजार ट्रफी, प्रमाण पत्र,मेडल प्रदान गरिने छ। 

 सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा अल्फा विटाको सभा हलमा भएको पत्रकार सम्मेलनमा नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राई, सुनसरी बास्केटवलका उपाध्यक्ष तथा धरान वडा नम्बर – १० का वडाध्यक्ष विवेक राई, अल्फा विटाका प्रोपराइटर सन्जिव वान्तावा, अग्रज पत्रकार हर्ष सुव्वा र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको उपस्थिति रहेको थियो।