गायिका ज्योति मगरले हङकङमा सांगीतिक प्रस्तुति दिएकी छन् ।

हङकङ क्षेत्री समाजले आईतबार ब्लु ओसन रेष्टुरेन्टमा आयोजना गरेको नेपाली सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा गायिका ज्योतिले नृत्य सहित आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर कार्यक्रममा उपस्थित दर्शक स्रोतालाई नचाईन् । कार्यक्रममा गायक पशुपति शर्मा, सुर्य खड्का, सुनिता बुढा क्षेत्री लगायतले सांगीतिक प्रस्तुति दिएर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

received_1138164714052965

समाजका अध्यक्ष केशव बहादुरक कार्कीको अध्यक्षता र समाजका संरक्षक राजेन्द्रकुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले नेपाली नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।