उदयपुरको बेलका-८ स्थित सोमबारे मेखबारीमा 'फ्रेसल्याण्ड रिसोर्ट' खुलेको छ । नयाँ वर्षको अवसर पारेर शनिबार रिसोर्टको 'प्रि-ओपनिङ' गरिएको हो । 

युवा व्यवसायी राज वान्तवा र सुशान्त किरातीको संयुक्त लगानीमा रिसोर्ट खुलेको हो । 

होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, लज, चिल्ड्रेन पार्क, स्वीमिङ पुल, पिकनिक स्पोट, जिपलाइन, जङ्गल रिसोर्टको योजनासहित व्यवसाय सुरु गरिएको सञ्चालक राज वान्तवाले जानकारी दिए । हाल रिसोर्ट प्रारम्भिक रुपमा खुलेको सञ्चालक वान्तवाले बताए ।

बेलका नगरपालिकाको पर्यटन प्रवर्धनमा योगदान गर्ने, बेलकामा बाहिरबाट आउने आगन्तुकलाई सुविधायुक्त र व्यवस्थित रिसोर्ट होस भन्ने उद्देश्यले व्यवसाय सुरु गरेको सन्चालक  वान्तवाको भनाइ छ ।

 कोसी पुल निर्माणपछि बेलका नगर पर्यटनको हबका रुपमा विकास भइरहेको अवस्थामा पर्यटन व्यवसायमा योगदान दिने उद्देश्य रहेको अर्का सञ्चालक सुशान्त किरातीले बताए ।

'१७ करोडको गुरु योजनासहित व्यवसायिक प्लान बनाएका छौं,' सञ्चालक वान्तवाले भने, '२ वर्षमा सम्पूर्ण पूर्वाधार तयार गर्ने छौं ।' 

सञ्चालक वान्तवाका अनुसार व्यवसाय कोसी नदी पर्यटनमा समेत आधारित हुनेछ । २ वटा जेटबोट र परम्परागत डुङ्गासमेत सञ्चालित हुनेछ । रिसोर्ट ३ बिघा क्षेत्रफलमा रहेको सञ्चालकको भनाइ छ ।