धरान । युनाइटेड गोर्खा एकेडेमी धरान–१५ ले ११ औं अभिभावक दिवस मनाएको छ ।

बिहीबार आयोजित अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयले वार्षिक परीक्षाको प्रतिफलसमेत प्रकाशन गरेको थियो ।

परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूलाई दोसल्ला ओढाई ट्रफी, प्रमाण–पत्र प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक पेम्बा शेर्पाले यो वर्षबाट विद्यार्थीहरूको मिहिनेतलाई मध्यनजर गर्दै उनीहरूको हौसला बढाउन पुरस्कार प्रदान गरिएको बताए  ।

कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सन धरान नगरसमिति  अध्यक्ष भगत लिम्बूले विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिएर राम्रो गरेको बताए ।