श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल चैत २५ गते आइतबार, ७ अप्रिल २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्णपक्षको त्रयोदशी तिथि ०७ः०९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वभाद्र १३ः११ बजेसम्म, उप्रान्त उत्तर भाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः४७ बजे र सूर्यास्त ०६ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा नयाँ काम फेला पर्नेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालनबाट विशेष लाभ उठाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चल–अचल धनको उपयोगबाट पनि फाइदा लिने समय छ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशेष भेटघाटले उत्साह बढाउला। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा मिहिनेतको फल प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धेरै समय फाइदा नहुने काममा जुट्नुपर्ने हुनसक्छ।आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ। काममा धन र श्रम खर्चनु पर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा दोहो¥याएर प्रयत्न गरे आंशिक लाभ हुनसक्छ । आहार–विहारमा ध्यान पुर्याउनु होला।