धरान । नेपाल चलचित्र कलाकार सङ्घले नेपाल चलचित्र सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ ।

सङ्घका नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जन एवम् सदस्य गोपालकाजी कायस्थलगायतलाई बधाई ज्ञापन गरिएको हो ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, कोषाध्यक्ष सुनिल कटुवाल, सह–कोषाध्यक्ष पवित्रा आचार्यले बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, धीरेन शाक्य, वरिष्ठ अभिनेता लय सङ्ग्रौला, सङ्गीतकार चेतन सापकोटा, सङ्गीतकार सन्तोष श्रेष्ठ, कलाकार उत्तम केसी, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समिर बलामीसहित उपस्थित थिए ।