विजयपुर । नयाँ वर्षको अवसरमा सामसङले छुटसहित एक्सचेन्ज सुविधा ल्याएको छ ।

सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाडौँ खुसी सधैँलाई’ अफर अन्तर्गत टिभी खरिद गर्दा ३८ प्रतिशतसम्म छुट दिएको जनाएको छ ।

यस्तै फ्रिज र वासिङ मेसिनको खरिदमा ग्राहकले ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाएको छ । ग्राहकहरूले विना ब्याज मासिक किस्ताबन्दीमा फाइनान्स सुविधा पाउने जनाएको छ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत् उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहजरूपमा सामसङ टिभी फ्रिज र वासिङ मेसिन खरिद गर्न सक्ने जनाएको छ । छुट सुविधा जेठ २ गतेसम्म रहेको जनाएको छ ।

सामसङले नयाँ वर्षको अफरमा ग्राहकलाई टिभीको नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल युएचडी, फ्रेम र क्युएलईडीलगायतका टिभीमा छुट दिएको हो । छुट सुविधाका लागि नागरिकता आवश्यक पर्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले ५५ इन्च वा त्योभन्दा ठूलो टिभी खरिद गर्दा इन्स्टन्ट लोन पाउने जनाएको छ । इन्स्टा फाइनान्स सेवामार्फत् इएमआई १८ महिनाको अवधिमा तिर्नु पर्नेछ । ४३ इन्चभन्दा सानो टिभी खरिद गर्दा इएमआई तिर्न १२ महिनाको सुविधा पाउनेछन् । ग्राहकले साउण्डबारमा पनि छुट पाउनेछन् । सामसङको ७५ इन्चभन्दा ठूलो क्रिस्टल युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउन्डबार सित्तैंमा पाउनेछन् भने ए.यु.७७०० मोडलका ५५ र ६५ इन्च युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८/१२८) मोबाइल फोनमा पाँच हजार छुट पाउनेछन् ।

फ्रिज र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्म छुट पाउनेछन् । सामसङले फ्रिजहरूमा क्यासब्याक पाउने र एक्सचेन्जको सुविधा उपलब्ध गराएको छ । सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटी कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआइटी मोटरमा २० वर्षको वारेन्टी रहेको जनाएको छ ।