खुसी इभेन्ट्सको प्रस्तुतिमा नयाँ गीत ‘झल्को रै रयो’को म्युजिक भिडियो सार्वजनिक भएकोछ ।

विहीबार हङकङको ब्लु ओसन रेष्टुरेन्ट एन्ड बारमा आयोजीत एक कार्यक्रमका बीच भिडियोको वल्र्ड प्रिमियर गरिएको हो । हेमन्त आले र सरिता थापा मगरको स्वर, रमेश बिजीको शब्द र गायक हेमन्तकै संगीत रहेको गीतको भिडियोमा आनन्द गुरुङ, जुना गुरुङ र ईनाह गुरुङको अभिनय रहेको छ । दीप गुरुङको निर्देशन रहेको भिडियो कार्यक्रमका प्रमुख अतिथि कोमल गुरुङ, मोडल सारिका केसी र जुना गुरुङले भिडियो सार्वजनिक गरेका हुन् ।

received_1880318999091967

भिडियोको छायाँकन विजय लामा र सम्पादन विष्णुहरी तिमल्सिनाले गरेको भिडियोको कथा तथा सवाद खुसी गुरुङको रहेको छ । भिडियो खुसी इभेन्ट्सकै युट्युब च्यानलबाट पनि सार्वजनिक गरिएको छ ।

भिडियो  :