श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत १८ गते आइतबार, ३१ मार्च २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्ण पक्षको षष्ठी तिथि २१ः५५  बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र ज्येष्ठा २३ः१८ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः५५ बजे र सूर्यास्त ०६ः२०बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहार–विहारमा ध्यान पु¥याउनु होला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समस्या दर्शाउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिमा पनि बुद्धि लगाउँदा सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको प्रस्ताव आउने सम्भावना छ। काममा साथ दिनेहरू पनि प्रशस्त फेला पर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ।मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले प्रतिद्वन्द्वी परास्त हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धनलाभ हुनेछ ।