विराटनगर । छैठौं कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।

कोशी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घले आयोजना गरेको प्रतियोगितामा ८ स्वर्ण, ६ रजत र ४ कास्य पदकका साथ सुनसरीले उपाधि जितेको हो ।

शनिबार सम्पन्न भएको प्रतियोगितामा मोरङ ६ स्वर्ण, ८ रजत र ४ कास्य पदकका साथ दोस्रो र झापा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकका साथ तृतीय भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको एकल पुरुष स्पाइरिङतर्फ ४५–५० केजी समूहमा सुनसरीका इशान राई प्रथम, मोरङका प्रकाश शर्मा द्वितीय भए । यसैगरी  ५१–५५ केजी समूहमा पाँचथरका आलोक राई प्रथम, मोरङका सञ्जय खवास दोस्रो, ५६–६० केजी समूहमा सौरभ चौधरी प्रथम, झापाका सनम चौधरी दोस्रो, ६१–६५ केजी समूहमा सुनसरीका आशिष मगर प्रथम, भोजपुरका दीपक राई दोस्रो, ६५–७० केजी समूहमा झापाका प्रितम धिमाल प्रथम, मोरङका लक्ष्मण राजवंशी दोस्रो, ७१–७५ केजी समूहमा झापाका अनमोल लिम्बू प्रथम, मोरङका निशान्त भुजेल दोस्रो, ७६ केजी समूहमाथि झापाका श्याम राई प्रथम, भोजपुरका इन्द्रबहादुर बस्नेत दोस्रो भए ।

त्यस्तै एकल महिला स्पाइरिङतर्फ ४०–४५ केजी समूहमा सुनसरीकी विपना राई प्रथम, मोरङकी विनिशा माझी दोस्रो, ४६–५० केजी समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, मोरङकी सविना मगर दोस्रो, ५१–५५ केजी समूहमा मोरङकी अनुश्का धिमाल प्रथम, इलामकी दीक्षा आचार्य दोस्रो, ५६–६० केजी समूहमा मोरङकी कुसुम राजवंशी प्रथम, इलामकी विनु काङ्वाङ दोस्रो, ६१–६५ केजी समूहमा सुनसरीकी प्रतिष्ठा कटवाल प्रथम, झापाकी निशा ताजपुरिया दोस्रो, ६६ केजी समूहमाथि झापाकी सेङ्ना लिम्बू प्रथम, पाँचथरकी दीक्षा खड्का दोस्रो भइन् ।

एकल महिला प्याटर्नतर्फ हरियो पेटमा झापाकी बिबि सिंह शर्मा प्रथम, सुनसरीकी क्याट्रिना राई दोस्रो, निलो पेटीमा मोरङकी अनुश्का धिमाल प्रथम, सुनसरीकी सदीक्षा राई दोस्रो, रातो पेटीमा इलामकी वन्दना श्रेष्ठ प्रथम, सुनसरीकी बिट्नी राई दोस्रो, कालो पेटीमा मोरङकी कुसुम राजवंशी प्रथम, सुनसरीकी करुणा विष्ट दोस्रो र कालो पेटी दोस्रो डानमा सुनसरीकी एलिजा राई प्रथम भइन् ।

एकल पुरुष प्याटर्नतर्फ हरियो पेटीमा धनकुटाका दिप्रशन राई प्रथम, सुनसरीका पवन रेग्मी दोस्रो, निलो पेटीमा मोरङका लक्ष्मण राजवंशी प्रथम, सुनसरीका मिक्सेन राई दोस्रो, रातो पेटीमा मोरङका आरकेश चौधरी प्रथम, झापाका सनम चौधरी दोस्रो, कालो पेटीमा सुनसरीका आशिष मगर प्रथम, मोरङका मञ्जित राजवंशी दोस्रो र कालो पेटी दोस्रो डानमा झापाका मिसन श्रेष्ठ प्रथम, मोरङका निशान्त भुजेल दोस्रो भए ।

चैत ९ र १० गते विराटनगरमा भएको प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा र भोजपुरका १ सय ६१ जना महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको थियो । कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा हुने प्रतियोगितामा एकल स्पाइरिङ र एकल प्याटर्न विधामा खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो ।