श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल चैत्र १० गते शनिबार, २३ मार्च २०२४, पिंगल संवत्सर, फाल्गुन शुक्लपक्षको त्रयोदशी तिथि ०७ः३३ बजेसम्म उप्रान्त चतुर्दशी, नक्षत्र पुर्वफाल्गुनी भोलि ०७ः४६ बजेसम्म उत्तरफाल्गुनी, चन्द्रराशी–सिंह, सुर्योदय ०६ः०४ बजे र सुर्यास्त ०६ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साथीभाइले साथ दिनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। तर बेसुरमा वचन दिनाले दुःख पाइनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ।परिस्थितिवश चिताएको काम रोकिन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । मिहिनेतले मानसम्मान दिलाउनेछ ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बुद्धिको उपयोगले धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन् । नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।