सङ्खुवासभाको चिचिला गाउँपालिकाले सेपाक ताक्रो दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेतालाई सम्मान गरेको छ। गाउँपालिकाले चिचिला–१ का रोशन गुरुङलाई ५० हजारसहित सम्मान गरेको हो। जिल्ला सेपाक ताक्रो सङ्घका अध्यक्ष रोषण थापा मगरले जानकारी दिएका छन्।

सेपाक ताक्रो खेलाडी गुरुङलाई खेलाडीको हौसलाका लागि गाउँपालिकाले खेलाडी गुरुङलाई नगदसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताएका छन्। यस्ता सम्मानले खेलाडीमा उत्साह थप्ने सेपाक ताक्रो सङ्घका जिल्ला अध्यक्ष थापा मगरले बताएका छन्।

गुरुङ प्रतियोगितामा नेपाल उपविजेता बनेका छन्। उक्त अवसरमा जिल्ला सेपाक ताक्रो सङ्घका पदाधिकारीको उपस्थित थिए। गत फागुन १७ देखि २० गतेसम्म सञ्चालन भएको सोपाक ताक्रो दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गुरुङले नेपालका तर्फबाट खेल खेलेका थियो। सेपाक ताक्रो खुट्टाले खेलिने खेल हो।