जिवित गोर्खा सैनिकको सम्मानमा आयोजना गरिएको दोस्रो गोर्खा ट्रेल ब्लेजर ८.५ रनको खुल्ला  प्रतियोगिता सहभागी  ६ सय जना प्रत्योगीहरुलाई पछि पार्दै महिला तर्फबाट १२ बर्षीय जुही राईले ४१ मिनेट ५४ सेकेन्डमा रन पूरा गरेर प्रथम भईन्।

त्यसैगरी पुरुष तर्फबाट प्रशान्त तामाङले ३१ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरेर प्रथम भएका हुन, तामाङ  यस अगि धरान १० के रनमा समेत दोस्रो भएका थिए। महिला धावकबाट दोस्रो इन्द्रकला नेम्वाङले ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरिन् तेस्रो विजेता सिर्जना राई ४३ मिनेट ३३ सेकेन्डमा दौड पुरा गरेर विजेता   बनिन् भने चौथो कल्पना राई,पाँचौ जुलीन राई, छैठो छेन्ती माया राई र सातौं  विनिता राई भएकी हुन्। 

पुरुष तर्फबाट दोस्रो पवन राई भए उनले ३२ मिनेट ०७ सेकेन्डमा दौड पूरा गरेका हुन्। तेस्रो भएका राजकुमार शेर्पाले ३३ मिनेट ०८ सेकेन्डमा दौड पूरा गरेका थिए। चौथो भएका समीर कन्दङवाले ३३ मिनेट ३४ सेकेन्डमा रन पूरा गरेका थिए। पाँचौ विशाल राई ,छैठो रोदन राई र साँतौ एन्जल राई भएका हुन्।

प्रथम विजेतालाई १५ हजार,दोस्रो विजेतालाई १० हजार र तेस्रो विजेतालाई ५ हजार पुरस्कार मेडल र प्रमाणपत्र  प्रदेश मान्नीय मिना श्रेष्ठ,वडा नम्बर – २० का अध्यक्ष पदम लिम्बू, वास्केबलका अध्यक्ष नारायण सुवेदीले पुरस्कार वितरण गरेका थिए। 

चौथो देखि सातौं विजेताहरुलाई जनही एक हजार  र प्रमाणपत्र वितरण गरिएको हो। रत्नचोक बाट सुरु भएको ८.५ किलोमीटर रन प्रतियोगिताको समापन धरान उपमहानगरपालिका  वडा नम्बर – २० मा रहेको  गोर्खा स्मृति पार्कमा सम्पन्न भएको थियो।

20240316_133532

 माननीय मिना श्रेष्ठले सम्पूर्ण धावकहरुलाई शुभकामना दिदै।वीर गोर्खाको सम्मान गरेर गोर्खा ट्रेल ब्लेजरले धरानमा रहेको गोर्खा स्मृति पार्क पर्वद्नन गर्नुको साथै  धरान लाहुरे  ईतिहास समिटिएको शहरको रुपमा चिनाउने उदेश्य गरिएको कार्यक्रम निकै सान्दर्भिक रहेको बताईन्। यसमा प्रदेश सरकारले पनि सक्ने सहयोग गर्ने प्रतिबद्धता दिएकी छन्।

जिवित विर गोर्खा सैनिकको सम्मानमा संपन्न दौड प्रतियोगिता धरान उपमहानगरपालिका वडा नम्बर – १८ स्थित रत्न चौक वाट सुरु भएको दौड मंगलवारे, सर्दु पुल, भन्ज्याङ हुदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो। उक्त रनमा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, धनकुटा लगायतका जिल्लाबट ६ सय जना भन्दा बढिले सहभागिता जनाएका थियो। 

 दौडको उत्दटन कार्यक्रमा किराँती संस्कार अनुसार फेटा गुथेर लगाएर कार्यक्रमका अथिती १ न. प्रदेश माननिय विजय राई, माननिय मिना श्रेष्ठ, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, नेपाल ओलम्पिक कमिटि सहमहासचिव पिताम्वर तिम्सिना, समाजसेवि एवं नेपाली कांङग्रेस महासमिति सदस्य सुवास राई र इलाका प्रहरी कार्यलय प्रमूख नवराज मल्ललाई  उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष महेन्द्रकुमार राई, कार्यक्रम संयोजक धरान वडा नम्बर– १८ वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण र धरान उपमहानगरपालिका पुर्व मेयर तिलक राईले फेटा लगाएर सम्मान गरेका थिए।

उक्त गोर्खा ट्रेल रनमा नेपाल पत्रकार मसासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईले उल्टो गतिमा कुदेर दौड पुरा गरेका छन । उनले नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको इतिहास मेटने प्रयास गरेको बताउदै विरोध स्वरुपमा उल्टो कुदेर दौडमा सहभागी भएको बताए। 

उनले १ घण्टा ४० मिनटमा दौड पुरा गरेका थिए। महासंघ केन्द्र कमिटि उल्टो गतिमा कुदिरहेको हुनाले। साङ्केतिक विरोध जनाउँदै उल्टो कुदेर महासंघ केन्द्र कमिटिलाई ध्यानकर्षण गराएको  अध्यक्ष राईले बताएका छन्। महासंघ केन्द्र कमिटिले केहि समय अघि महासंघका अध्यक्षहरुको जिवनी समेटिएर “अग्रज अनुहार” पुस्तक तयार पारेको थियो। उक्त पुस्तकमा संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठको बारेमा पुस्तकमा कतै उल्ले नगरि अन्यलाई संस्थापम अध्यक्षको रुपमा प्रस्तुत गरेकाले आफुले बिरोध जनाएको बताएका छन्।