विजयपुर । छैठौँ पानबारी भलिबल कपमा साविक विजेता बाँझगरा भलिबल क्लब धरान सेमिफाइनलमा प्रवेश गरेको छ ।

महेन्द्र बहुमुखी क्याम्पस (एमएमसी) धरानलाई सोझो सेटमा पराजित गर्दै बाँझगरा सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा बाँझगराले कोशी प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमकसँग प्रतिस्पर्धा गर्नेछ ।

दमकले २५–१४, २५–१७ र २५–२१ को सेटमा एमएमसीलाई पराजित गरेको हो । प्रतियोगिताको विजेताले ३५ तोला चाँदीको ट्रफी र १ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।