सुनसरीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिरमा नियमित पूजा भइरहेको छ। रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले शनिबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मन्दिरमा तालाबन्दी नभएको स्पष्ट पारेका छन्।

पत्रकार सम्मेलनमा रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालसहितको उपस्थिति रहेको थियो ।

रामधुनी मन्दिरमा पूजा नरोकिएकोे रामधुनी नगर प्रमुख चौधरीले जानकारी दिएका छन्। जिल्ला प्रशासन कार्यालयले मन्दिरको अवलोकन र अनुगमन गरी सरोकारवाला पक्षसँग छलफल गर्दा मन्दिरमा पूजा नरोकिएकोे सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए।