कवि तथा चित्रकार रमण गुरुङको कविता संग्रह ‘आकार हामीले हिडेर आएको बाटोको’ लोकार्पण भएको छ ।

हङकङ साझा साहित्य श्रृंखलाको आयोजनामा आईतबार हङकङको जोर्डन स्थित ब्लु ओसन रेष्टुरेन्टमा आयोजीत समारोहमा पुस्तकको लोकार्पण गरिएको हो ।

साहित्य श्रृंखलाका संरक्षक दाजु गुरुङको अध्यक्षता र नेपाली महावाणिज्य दुतावास हङकङका उपवाणिज्यदुत भोज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्य श्रृंखलाका संरक्षक टंक सम्बाहाम्फे, नेपाली आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष टोपराज तामाङ, एनआरएनए हङकङका अध्यक्ष गोकणर्प्रसाद ढकाल, हङकङ नेपाली महासघकी अध्यक्ष रिता गुरुङ, नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष लवकुमार गुरुङ, तमु ट्हो ह्युल हङकङका अध्यक्ष विजयकुमार गुरुङ र प्रदेश १ गुरुङ ंसमाज हङकङका अध्यक्ष हेमप्रताप गुरुङले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्य श्रृंखलाकी पूर्व संयोजक तथा सल्लाहकार सुनिता गिरीले स्वगत मन्तव्य व्यक्त गरेकी थिईन् भने सो अवसरमा कृतिकार रमण गुरुङलाई सम्मान समेत गरिएको थियो ।

कवि तथा साहित्यकार देवेन्द्र खरेलले कृतिको समीक्षा गरेको कार्यक्रममा अरुणा शर्मा, जानु काम्बाङ र रोशन यक्सोले कृतिभित्रका कविता बाचन गरेका थिए । कार्यक्रममा विभिन्न कवि, साहित्यकार तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।