पछिल्लो समय देशैभरि महोत्सव र मेला लगाउने क्रम तीव्ररूपमा बढिरहेको छ । यसमा स्थानीय सरकार, जातीय तथा सामुदायिक सङ्गठन, गैरसकारी सङ्घ–संस्था र सामाजिक तथा सांस्कृतिक मोर्चाहरू अग्रपङ्क्तिमा रहेका छन् । मेला वा महोत्सव हाम्रो मुख्य सामाजिकी बनिरहेको छ । विशेषतः महोत्सवहरूमा गरिने विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरूले सबैको तन, मन र धन खिचिरहेको छ । त्यसमा पनि युवापुस्ताहरू यसमा असाध्यै बढी आकर्षित भइरहेको देखिन्छ ।

यसरी सिङ्गो सामाजिकी नै महोत्सवमय हुनु नराम्रो होइन । महोत्सवप्रति तमाम् युवापुस्ताको आकर्षण हुनु पक्कै पनि गलत होइन । विभिन्न उत्पादन तथा मौलिक कला, संस्कृति र भेषभूषालाई प्रवद्र्धन गर्नु असाध्यै सकारात्मक काम हो । खासमा आम नागरिकहरूलाई महोत्सवमार्पmत् केन्द्रीकरण, सामाजिकीकरण र अन्तरघुलन गर्नु बेठीक होइन । तर, महोत्सव र मेला भनेर सोलोडोलो अर्थमा बुभ्mनु हुँदैन । कस्तो महोत्सव हो । यसको उद्देश्य के हो भन्ने कुराले महोत्सव ठीक कि बेठीक भन्ने कुरा निर्धारण गर्दछ तथापि सबै महोत्सवहरू सही र उत्पादनमुखी नै हुन्छन् भन्ने हुँदैन । यो महोत्सवहरूको प्रकृति र उद्देश्यमा निर्भर हुन्छ ।

वस्तुतः महोत्सव वा मेला तीन किसिमको हुने गर्दछ । एउटा महोत्सव भनेको स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यमा आधारित हुन्छ । यस अन्तर्गत कृषि महोत्सव, औद्योगिक महोत्सव र पर्यटन महोत्सव आदि पर्दछ । यो महोत्सवको उद्देश्य भनेको कृषि उत्पादनको प्रदर्शनीमार्पmत् बजारीकरण र प्रचार गर्दै प्रवद्र्धन गर्ने गरिन्छ । त्यस्तै औद्योगिक महोत्सवमा विभिन्न औद्योगिक उत्पादनहरूलाई प्रवद्र्धन गर्ने गरिन्छ । यता पर्यटन महोत्सवले पर्यटकीय गन्तव्यस्थललगायत अन्य पर्यटनसम्बन्धी पूर्वाधारहरूलाई प्रवद्र्धन गर्ने गर्दछ ।

दोस्रो सांस्कृतिक महोत्सव पर्दछ । यसमा स्थानीय विभिन्न कला, संस्कृति, भेषभूषा, खानपानलगायतका आयामहरू पर्दछन् । यसमा कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको हुन्छ । तेस्रोमा मनोरञ्जनात्मक महोत्सव पर्दछ । पछिल्लो  समय मनोरञ्जनात्मक महोत्सव वा मेला आयोजना गर्ने क्रम तीव्ररूपमा बढिरहेको छ । यही किसिमको महोत्सवमा व्यापक आकर्षण पनि देखिन्छ । यसमा चर्चित कलाकारहरूद्वारा विभिन्न साङ्गीतिक प्रस्तुतिसँगै अन्य मनोरञ्जनका साधनहरूले मेलाको सरगर्मी बढाइदिने गर्दछ । त्यसैले यसप्रति आम नागरिक त्यसमा पनि युवाहरूको आकर्षण अत्यधिक हुने गर्दछ । यही चापको कारण महोत्सव आयोजकहरूले यस्तै खाले महोत्सवहरूलाई प्राथमिकतामा राख्दै आएका छन् । परिणामतः महोत्सव आयोजना गर्नु पर्ने खास उद्देश्यको सार नै भुल्न थालेको महसुस हुन्छ ।

वस्तुतः नेपाली समाज भूमण्डलीकृत दलाल पुँजीवादद्वारा निर्देशित रहेको छ । यस्तो समाजमा आप्mनै उत्पादन, मौलिक जीवनशैली, कार्यशैली, व्यवहार, कला, संस्कृति, खानपान र भेषभूषाहरूले समाजको नेतृत्व गरिरहेको हुँदैन । समाजका हरेक आयामहरूमा दलाल पुँजीवादी अर्थराजनीतिक प्रभाव निर्णायक हुने गर्दछ । यसकारण यसमा राष्ट्रिय उत्पादनले उल्लेख्य प्रश्रय पाउँदैन । अरू कला, संस्कृति र चालचलनले पनि सम्मानजनक उपस्थिति जनाउन सक्दैन । यस्तो वस्तुगत धरातलमा गलत नै भए पनि बाहिरी प्रभाव निर्णायक हुन्छ । दलाल पुँजीवादले अर्थराजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा व्यापक प्रभाव पारिरहेको हुन्छ । परिणामतः हरेक गतिविधिहरू हु–बहु उसैको नक्कल वा देखासिकी गर्नुपर्ने हुन्छ । महोत्सव अपवाद हुँदैन । 

यही मेसोमा पछिल्लो समय हामी उपभोगवादी संस्कृतिद्वारा निर्देशित भइरहेका छौँ । यस्तो संस्कृतिले नेतृत्व गरिरहेको समाजमा उत्पादनमूलक, सही, वस्तुवादी र व्यावहारिकभन्दा पनि अनुत्पादनशील, अव्यावहारिक, अवस्तुवादी, उपभोगवादी, आडम्बरी र ढोङ्गी संस्कृति हाबी हुन्छ । त्यसपछि हाम्रो समाजमा आयोजना गरिने मेला वा महोत्सवहरू पनि उत्पादनशीलभन्दा आडम्बरी र ढोङ्गी हुने गर्दछ । यहाँ कृषि तथा औद्योगिक मेलाभन्दा पनि मनोरञ्जनात्मक मेला नै बढी लगाउने गरिन्छ । पहिलो दलाल पुँजीवादले कृषि तथा उद्योगको संस्थागत विकास,  विस्तार र सुदृढीकरण गर्न दिँदैन । हामीले कृषि तथा उद्योगको विकास गर्नु भनेको राष्ट्रिय पुँजी निर्माण गर्नु हो । राष्ट्रिय पुँजी निर्माण गर्नु भनेको दलाल पुँजीवादलाई प्रवेश नदिनु हो वा उसलाई निरुत्साहित गर्नु हो । आजको दलाल पुँजीले यस्तो ठाउँ दिँदैन ।

हाम्रा गाउँ–ठाउँमा मेला लगाउने कुरामा पनि के को दलाल पुँजीवादको कुरा हो भन्ने धेरैलाई लाग्न सक्छ । सतहीरूपमा मात्र विश्लेषण गर्दा यसमा म पनि सहमत छु । तर, गहिराइमा पुगेर अनुसन्धान गर्ने हो भने हाम्रा हरेक उठबस, खानपान र जीवन व्यवहार दलाल पुँजीवादले निर्धारण गरिरहेको हुन्छ । हाम्रो जीवनशैली, कार्यशैली, सोच्ने र चिन्तन् मनन् गर्ने तौर तरिका सवै यसैद्वारा निर्देशित हुन्छ । यस्तो अर्थराजनीतिमा देखासिकी बढी गरिन्छ । त्यसमा पनि उत्पादनशील काम, सिर्जना, कठिन  सङ्घर्ष र जोखिम मोल्ने कामहरूमा भन्दा पनि भाते स्वादे, रसरङ्ग, रमाइलो आडम्बरी देखासिकी ज्यादा हुन्छ । यही मेसोमा सिङ्गो नेपाली समाज मनोरञ्जनात्मक महोत्सव र मेलामा रमाइरहेको छ ।

यसको अर्थ मेला र महोत्सव गर्नै हुँदैन भन्ने होइन । मेला र महोत्सव गर्नुपर्छ । तर, हाम्रा मेलाहरू अलि उत्पादनशील र सृजनशील हुनुपर्दछ । हाम्रो आप्mनै अर्थराजनीतिलाई सेवा गर्ने हुुनुपर्दछ । राष्ट्रिय पुँजी निर्माणलाई टेवा दिने हुनुपर्दछ । यसरी मेलालाई खाने, बस्ने अनि रमाइलो गर्ने अर्थमा मात्र सीमित गर्नु हुँदैन । यस्ता महोत्सवहरूले आम युवा पिँढीलाई अझ उपभोगवादी, भोगविलासी, भाते, स्वादे, आडम्बरी, ढोङ्गी र अल्छी बनाइरहेको छ । यस्तै आडम्बर र ढोङ्गले नै अन्तमा कुलतमा फसाउने खतरा हुन्छ । यसलाई हाम्रो उत्पादन, हाम्रो सृजनशीलता, क्षमता र दक्षतासँग जोड्नु पर्दछ । हाम्रो मौलिक कला, सँस्कृति, खानपान, भेषभूषा र परम्परासँग एकाकार गर्नु पर्दछ । रमाइलो र रसरङ्ग पनि गर्नुपर्छ तर, यो दोस्रो सवाल हो ।

त्यसैले हाम्रा उत्पादन, हाम्रा सृजना, हाम्रो दक्षता झल्किने महोत्सवहरू आयोजना गर्ने गरौँ । हाम्रो कला, संस्कृति र मौलिक परम्परा देखिने मेलाहरू लगाउने गरौँ । अझ ठोसमा भन्नु पर्दा, कृषि तथा औद्योगिक उत्पादनहरूबीचको प्रतिस्पर्धात्मक मेलाहरू लगाउने गरौँ । पर्यटन तथा संस्कृतिबारे नेपाललगायत विश्वलाई चिनाउने टिपिकल महोत्सवहरू आयोजना गर्ने गरौँ । अर्थात् मेला वा महोत्सव उत्पादनशील, सृजनशील र परिणाममुखी बनाउने गरौं । यहाँसम्म कि मेलाले छाडापना, अराजकता, अश्लीलता, स्वच्छन्दताको पराकाष्ठा र आडम्बरी देखासिकी होइन सभ्य, सुसंस्कृत र सृजनशील नागरिक बन्न उत्प्रेरित गरोस् । यो उत्पादनशील, सृजनशील र प्रविधिमैत्री मेलाहरूको सारभूत लक्ष्य हो ।

अर्को शब्दमा भन्ने हो भने मेला वा महोत्सवहरू उत्पादनमुखी र परिणाममुखी हुनै पर्दछ । तर, नेपालमा मेला र महोत्सवहरू उत्पादन र उपलब्धिभन्दा पनि केवल मनोरञ्जनको साधनमा सीमित गरिएको छ । यस्तो मेला संस्कृतिले हामीलाई सभ्य र उन्नत सामाजिकीतर्पm दिशानिर्देश गर्न सक्दैन । यसले केवल उपभोगवादी, आडम्बरी र ढोङ्गी संस्कृतिलाई प्रोत्साहन गर्नेछ, जसले हामीलाई अझ अल्छे, उपभोगवादी, खर्चालु, अश्लील, छाडा र अराजक बनाउनेछ । तसर्थ मेला लगाऔँ तर, ती मेलाहरू उत्पादन, सृजना, दक्षता, क्षमता र प्रविधिद्वारा निर्देशित मनोरञ्जन र रमाइलोमा आधारित होऊन् । निरपेक्ष रसरङ्ग र मनोरञ्जनमुखी मात्र होइन ।