धरान । धरान–१५ स्थित चिल्ड्रेन्स् एकाडेमीमा इन्टर हाउस बास्केटबल र ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ ।

मङ्गलबार विद्यालय परिसरमा सम्पन्न ब्याडमिण्टन प्रतियोगितामा छात्रतर्फ ब्लु हाउसका विवस तामाङ र निशम लिम्बूको जोडीले रेड हाउसका अरब लिम्बू र अशिम तामाङको जोडीलाई पराजित गरी प्रथम स्थान हासिल गरेको थियो । ब्लु हाउसका विवस र निशमको जोडीले २१ अङ्क जोडेको थियो भने रेड हाउसका अरब र अशिमको जोडीले १२ अङ्क मात्र जोडेको थियो ।

त्यस्तै छात्रातर्फ ब्लु हाउसकै स्वस्तिका गुरुङ र मेरिका लिम्बूको जोडीले यल्लो हाउसका कुसुम भोटे र मोनिका थापाको जोडीलाई पराजित गर्दै विजयी बनेको थियो । प्रथम बनेको ब्लु हाउसका स्वस्तिका र मेरिकाको जोडीले २१ अङ्क जोड्दा दोस्रो बनेको यल्लो हाउसका कुसुम र मोनिकाको जोडीले १५ अङ्कमात्र जोडेको थियो ।

त्यसैगरी शुक्रबार सम्पन्न बास्केटबल प्रतियोगिताको फाइनलमा छात्रतर्फ रेड हाउसले प्रथम स्थान हासिल गरेको थियो भने ब्लु हाउसले दोस्रो स्थानमा चित्त बुझाएको थियो । त्यस्तै छात्रातर्फ भने ग्रीन हाउस प्रथम बन्दा ब्लु हाउसले दोस्रो स्थान प्राप्त गरेको थियो । विद्यालयकी प्रिन्सिपल गीता गुरुङको अध्यक्षतामा सम्पन्न दुवै प्रतियोगितामा विजयी विद्यार्थीहरूको नाम भाइस प्रिन्सिपल वसन्त गुरुङले घोषणा गरेका थिए ।